सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, रामेछाप लगायत पुर्वका प्रायः सबै जिल्लाका स्रोताहरुका लागि उमेश लामा नौलो नाम हैन भन्दा कुनै फरक नपर्ला । मनोरञ्जनात्मक कार्यक्रम होस् या त शैक्षिक कार्यक्रम । हरेक घण्टा प्रशारण हुने समाचारका बुलेटिन होस् या त सुचना र विज्ञापन । यसरी सञ्चारमाध्यममा बारम्बार गुञ्जिरहने लामाको आवाज र नामसँग अधिकांश परिचित छन् । तर अब उनको परिचय सञ्चारकर्मीमा मात्रै सिमित रहेन, अब उनी बनेका छन् गायक पनि । उनले आफ्नो शब्द, संगीत र स्वरमा रहेको पहिलो गीत ‘माया चोखो छ’ भिडियो सार्वजनिक गरिएको छ । केही समय अघि अडियो सार्वजनिक गरिएको नेपाली लोकपप विधाको गीत हाल स्रोतामाझ गुञ्जिरहेको छ । ‘गीतलाई सबैले मन पराउनु भयो, त्यसकै परिणाम स्वरुप हामीले भिडियो तयार पारेका हौ’– गायक लामाले बताउछन। गीत सुने पछि र भिडियो हेरे पछि धेरैले उमेशको कलाको तारिफ गरेका छन् ।
सानैदेखि गीतसंगीतमा रुचि राख्ने लामाले स्कुले जीवन देखि क्याम्पस लेवलसम्म धेरै पटक स्टेज सेयर गरिसकेका छन् । सुरु सुरुमा स्कु्लको बार्षिक उत्सवहरुमा गीत गाएर आफ्ना साथीहरु र शिक्षक शिक्षिकाहरुको तारिफ कमाउने गरेका लामाको यो नै पहिलो रेकर्ड गरिएको गीत हो । विगत ३ वर्षदेखि संगीतको औपचारिक कक्षा लिदै आईरहेको लामा संचार क्षेत्रमा पनि अब्बल दर्जाको संचारकर्मीको रुपमा परिचित छन् । उनको जादुमय आवाजलाई नरुचाउने सायद कमै होलान् ।
सार्वजनिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन् । हरि न्यौपानेको छायाकन, विकास ज्ञवालीको सम्पादन र मदन खड्काको नृत्य रहेको भिडियोलाई पपुलर म्युजिक प्रा.लिले तयार पारिएको हो । गायक उमेश लामाको स्वर, शब्द र संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको गीतमा सुजन वाईवा तामाङ तथा रञ्जना घिमिरेले अभिनय गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस: