Home » » दर्शक स्रोताको माया अर्जुनलाई अवार्ड नै अवार्ड

दर्शक स्रोताको माया अर्जुनलाई अवार्ड नै अवार्ड

अहिले ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेल बुधबार भरतपुरमा हर्षित मुद्रामा भेटिए । भेट्नेबितिकै यो पंक्तिकारसँग हात मिलाउदै मुस्कुराए अनि हालखबर सोधे । पंक्तिकारले पनि पहिलो शब्दमै ‘धेरै धेरै बधाई’ भनें ।
किनकी उनले मंगलबार मात्रै चितवनमा आयोजित कालिका एफ एम म्युजिक अवार्डमा सर्वोत्कृष्ठ चलचित्र संगीतको अवार्ड जितेका थिए । फिल्म ‘स्टुपिड मन’ को ‘तिम्रो आँखामा आँशु हेरी’ हास्ने दिन नआओस बोलको गीतबाट उनी सर्वोत्कृष्ट संगीतकार ठहरिएका थिए ।
पंक्तिकारको ‘कस्तो लागिराछ’ भन्ने जिज्ञासा भुइमा खस्न नपाउदै उनले भने : ‘म एकदम खुशी छु । यो सबै दर्शक स्रोताले दिएको माया हो ।’ उनले आफुले बिगतमा गरेको मिहेनत र संघर्षको फल बल्ल अहिले पाइरहेको बताए । विगतमा संगीतकै लागि कयौ दिन भोकै दुख गरेको सम्झदै उनले भने : ‘बल्ल मेरो संघर्ष सार्थक भएको छ । दर्शक स्रोताले अथाहा माया दिनुभएको छ, त्यसैले अहिले एकै हप्तामा दुई अवार्ड उचाल्न पाएको छु ।’
उनले सोमबार मात्रै राजधानीमा आयोजित ‘इनास अवार्ड’मा सर्वोत्कृष्ठ चलचित्र संगीतको अवार्ड उचालेका थिए । उक्त अवार्ड उचालेलगतै चितवन हान्निएका अर्जुन यहाँ पनि सर्वोत्कृष्ठ भए ।
उनले यसै महिना कतारमा सम्पन्न ‘नेफ्टा फिल्म अवार्ड’मा पनि सर्वोत्कृष्ठ चलचित्र संगीत तर्फको अवार्ड जितेका थिए । त्यतिमात्रै हैन अघिल्लो महिना राजधानीमा सम्पन्न ‘म्युजिक खबर अवार्ड’मा पनि उनलाई ‘स्टुपिड मन’को गीतले अवार्डको हकदार बनाएका थिए ।
यसरी देशमा आयोजना भइरहेको हरेक अवार्ड समारोहमा सर्वोत्कृष्ट बन्दै आएका यी गायक संगीतकारलाई पंक्तिकारले सोधे : यसरी हरेक अवार्ड जित्ने संगीत सिर्जना कसरी भयो ? उनले सहज रुपमै भने : ‘दर्शक र स्रोताको चाहना र भावनालाई पहिले बुझ्नुपर्छ । अनि सिर्जिएको संगीत कहिल्यै फ्लप हुदैन ।’
पछिल्लो समय दर्शकको चाहना अनुरुप संगीत सिर्जना गर्ने संगीतकारको रुपमा चिनिएका छन उनी । उनको संगीत सितिमिती फ्लप भएका छैनन् । फिल्म होस या सुगम संगीत या गजल, उनको संगीतले स्रोताको तारिफ पाएका छन । उनकै संगीतले थुपै गायक तथा गीतकारलाई समेत स्थापित हुन सहयोग पुर्याएको छ ।
उनकै संगीतमा थुप्रै गायक तथा गीतकारले पनि अवार्डहरु उचालेका छन । यसलाई पनि अर्जुनले आफ्नै सफलता मानेका छन ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger