
काठामाडौ ,तामाङ सञ्चार समुह चितवनले प्रकाशन गरेको २०७२ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । तामाङ समुदायलाई लक्षित गर्दै विभिन्न महत्वपुर्ण तिथी मिती समेटिएको भित्तेपात्रो बुधबार एक कार्यक्रमका बीच बिमोचन गर्दै सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै समुहका सचिव ज्ञानेन्द्र तामाङले तामाङ समुदायलाई आफ्नो जातिको महत्वपुर्ण तिथि मितिबारे जानकारी गराउने उद्देश्यले भित्तेपात्रो प्रकाशन गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य गोमन सिं तामाङको प्रमुख आतिथ्यता तथा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष पदम बहादुर गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा घेदुङका जिल्ला अध्यक्ष गोपिराज तामाङ, निवर्तमान अध्यक्ष मोहन स्याङबो, फोनिज चितवन अध्यक्ष सन्त कुमार चौधरी, भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल तामाङ, अधिवक्ता अजय तामाङ, महिला घेदुङकी अध्यक्ष आसमाया तामाङ, गुम्वा अध्यक्ष पञ्च बहादुर तामाङ, विज्ञापन दाता, सञ्चार समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले सञ्चार समुहलाई शभकामना दिँदै भित्तेपात्रोमा मात्रै सिमित नभई आदिवासी, महिला, दलित हेपिएका ,दविएकाहरुको अधिकार प्राप्तीका लागी अघि बढ्न सुझाव दिएका थिए । सञ्चारकर्मीहरुले भेष भुषा, धर्म संस्कृति ,भाषा, लिपि संरक्षणमा पनि जोड दिनुपर्ने बताएका थिए ।
छेच्यु थर्पलीङ्ग गुम्बा भोजाडमा आयोजित कार्यक्रममा समुहका अध्यक्ष उर्गेन तामाङले आगामि दिनमा थप तिथी मिती सहितका सामाग्री समेट्ने भन्दै सवैको सल्लाहालाई आत्मासात गर्दै अघि बढ्न समुह प्रतिवद्ध रहेको बताउनुभएको थियो । चितवनमा डेढ वर्ष अघि गठन भएसँगै समुहले व्यक्तित्वविकास एवंम उद्घोषण कला तालिम , विभिन्न जनचेतना मुलक कार्यक्रम लगायत विभिन्न क्रियाकलाप सञ्चाल गर्दै आईरहेको छ ।
