Home » » गजल ४३ जब पत्थर झै साह्रो त्यो दिल हुनेछ त्यसपछि, भेट हुन मुस्किल हुनेछ

गजल ४३ जब पत्थर झै साह्रो त्यो दिल हुनेछ त्यसपछि, भेट हुन मुस्किल हुनेछ

गजल ४३
 जब पत्थर झै साह्रो त्यो दिल हुनेछ 
त्यसपछि, भेट हुन मुस्किल हुनेछ

 म जादैछु अब, टाडा, धेरै - धेरै टाडा 
बिदाईको बेला आखाँ टिल्पिल हुनेछ

 तिमीलाई कस्तो हुन्छ ? मलाई थाहा छैन्
 तर, यो मन् तिमी बिना शिथिल हुनेछ 

आशुको भेल छेक्न लाईन्न बाधँ कतै 
त्यहाँ, छेक्न काफी आखाँकै डिल हुनेछ

 ढुङ्गा मा ढुङ्गा ठोक्किदा आगो बले जस्तै 
प्यार् प्यार् ठोक्किदा दुनिया झिल्मिल हुनेछ
 फुच्ची जमुना
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger